Tuesday, 28 February 2012

तिम्रै याद आइरह्यो

तिर्सनाको सागर लाई ,सम्झनाले खाई रह्यो
यादैयादको कालो भेलमा, तिम्रै याद आइरह्यो

बिबसता को कालो बादल ,झुपडीमा छाईरह्यो
ढोका खोलि बाहिर हेरे ,तिम्रै याद आइरह्यो

परिवेश को कोलाहलमा ,सुन्यताले छाईरह्यो
खोजि हिडे साहारालाई ,तिम्रै याद आइरह्यो

चोइटिएको सपनीमा ,तिम्रै तस्वीर छाई रह्यो
आज फेरी होलि आयो ,तिम्रै याद आइरह्यो
बस् : तिम्रै य़ाद !!!



मेरा सम्पूर्ण मित्र हरुलाई यो सप्तरंगी रंग को पर्बले तपाइको बाँकी दिनहरु अझ रंगिन्मय होस्
यहि छ मेरो 2068 को होलि को शुभकामना happy holi ( भिम खप्तरी मगर  )

0 comments: