Saturday, 26 November 2011

सम्झना छ अझै पनि


तिमी धेरै टाढा भए,कल्पना छ अझै पनि,
देख्छु तिमीलाई सपनीमा,सम्झना छ अझै पनि.


खोला सुकि बगर भए,बालुवा छ अझै पनि,
टोलाउछु एकान्तमा,सम्झना छ अझै पनि.


दियो वाली पर्खि बस्छु,साँझ पख अझै पनि,
तिम्रो माया मुटु भरी ,सम्झना छ अझै पनि.


कोइलीको आवाज सुन्दा,झस्किन्छु म अझै पनि,
तिम्रा ती मधुर स्वर,सम्झना छ अझै पनि.


शितल पवन सुस्केरी लाई,सोध्छु म त अझै पनि,
कहाँछिन उनि मनकी रानी,सम्झना छ अझै पनि.


आँखा भरी आँशु पारी,छट्पटिन्छु अझै पनि,
त्यही आँशुमा देख्छु तिमी लाई,सम्झना छ अझै पनि.


मेरो माया जुनीभर लाई,भुल्ने छैन कहिले पनि,
झुठो होईन तिम्रो कसम,सम्झना छ अझै पनि

2 comments:

Anonymous said...

M Ram Narayan Ray Janakpur Nepal Hal Saudi Arab Riyadh

Anonymous said...

Ram Narayan Ray